Comments Add Comment

सवारीको ठक्करबाट भक्तपुर र ललितपुरमा २ जनाको मृत्यु


२४ माघ, काठमाडौं । सवारी साधनको ठक्करबाट ललितपुर र भक्तपुरमा २ जनाको ज्यान गएको छ ।  ललितपुरमा मंगलबार राति र भक्तपुरमा आज बिहान दुर्घटना भएको हो ।

भक्तपुरको मध्यपुर ठिमी न. पा. ४, चारदोबाटोस्थित सडकखण्डमा बुधबार बिहान मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । प्रहरीका अनुसार, बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते १ जनाको जिल्ला अस्पताल, भक्तपुरमा उपचारका क्रममा मृत्यु भएकाे हाे । मृतककाे अझै सनाखत हुन सकेकाे छैन ।

प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, ललितपुरको सातदोबाटोमा पनि भक्तपुरमा जस्तै सवारी साधनको ठक्करले एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार, ठक्करबाट सप्तरी, फत्तेपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष चौधरीको ज्यान गएको हो ।

महानगरिय प्रहरी वृत्त सातदोबाटोका अनुसार, ठक्कर दिने सवारीको नम्बर खुलेको छैन । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment