Comments Add Comment

विद्यार्थीलाई कसले पठाइरहेको छ भटाभट सेक्स टोय ?

क्यानडामा विद्यार्थीहरुले पछिल्लो समयमा भटाभट सेक्स टोय प्राप्त गरिरहेका छन् । विभिन्न १० वटा विद्यार्थी युनियनहरुको नाउँमा तिन महिना यता सेक्स टोय आइरहेका छन् ।

अमेजनबाट सेक्स टोय भएका पार्सल आउँछन् तर कसले पठाएको हो, नाम हुँदैन ।

विद्यार्थी युनियनका अनुसार सेक्स टोय कसैले पनि मगाएको छैन, तरपनि आउन छाडेको छैन ।

कतिपय विद्यार्थी युनियनले त अहिलेसम्म १५ भन्दा बढि यस्ता पार्सल प्राप्त गरिसकेका छन् । त्यसमा पठाइएका सेक्स टोयहरुमध्ये कतिपय निकै महंगो मूल्यका समेत रहेका छन् ।

अर्डर नगरेका सेक्स टोय प्राप्त हुँदा सुरुमा त विद्यार्थी युनियनहरुले सायद अमेजनले गल्ती गरेको सोँचे । तर यसरी निरन्तर प्राप्त हुन थालेपछि भने सायद कसैले मजाक गरिरहेको ठानिएको छ । र, पुलिसमा यसको उजुरी गरिएको छ ।

ओन्टारियो प्रान्तको थन्डर बे सहरको पुलिस अधिकारी डेरेल वारुकले यस विषयमा अमेजनसँग सोधिएको र अमेजनले चीनको कुनै कम्पनीले मार्केटिङका लागि विद्यार्थीहरुलाई सित्तैमा सेक्स टोय पठाइरहेको खुलासा भएको बताएका छन् ।

विद्यार्थीहरुलाई सित्तैमा पठाइएका पार्सलमा सेक्स टोयका अलवा विभिन्न खालका चार्जर, एयर फोन, लाइट बल्ब तथा आइप्याडका खोल समेत रहेका छन् ।

रायर्सन विश्वविद्यालयको विद्यार्थी युनियनका उपाध्यक्ष क्यामरिन हार्लिकका अनुसार प्राप्त भएका सेक्स टोयमा हल्का हरियो रङको भाइब्रेटर पनि थियो र त्यसमा विभिन्न खालको सेटिङको सुविधा थियो । अमजेनले ती सेक्स टोयको पार्सल फिर्ता लिन अस्वीकार गरेको बताइएको छ ।

विद्यार्थी युनियनको तर्फबाट कोही तेस्रो पक्षले उक्त सेक्सटोयहरु खरिद गरेको तर ग्राहकको गोपनीयताको हकका कारण आफुले क्रेताको नाम भन्न नसक्ने अडान अमेजनको छ ।

मनिटोबा विश्वविद्यालयका विद्यार्थीहरुले चाहिँ यसरी सित्तैमा प्राप्त सेक्स टोयलाई एक समलिंगी संस्थालाई दान गरेका छन् । उक्त संस्थाले ती सेक्स टोय बिक्रि गरेर केही रकम आर्जन गर्न सक्नेछ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment