Comments Add Comment

‘मंगलम’मा शिल्पाको प्रेममा २ हिरो, साम्राज्ञीको भूमिका के ?


फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’को ट्रेलर रिलिज गरिएको छ । नायिका शिल्पा पोखरेललाई पावरफूल भूमिकामा प्रस्तुत गर्दैै चलचित्रको ट्रेलर रिलिज गरिएको हो । नायिका पोखरेललाई चलचित्रका दुई नायक पुष्पल खड्का र पृथ्वीराज प्रसाइको प्रेममा परेको देखाइएको छ । शिल्पाले २ मध्ये कसलाई रोज्छिन् भन्ने वुझ्न दर्शकले हलमै गएर चलचित्र हेर्नुपर्नेछ ।

चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि विशेष भूमिका छ । साम्राज्ञी शिल्पाको प्रेममा परेका पुष्पलको बिषयमा अध्ययन गर्ने विद्यार्थीको भूमिकामा देखिएकी छिन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा समावेश ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चामा छ ।

छविराज ओझाले यस अगाडि बनाउने रोमान्टिक, पारिवारिक प्रेमकथाका चलचित्र जस्तै यसको कथा पनि यस्तै सेरोफेरोमा घुमेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment