+
+

हवाईजहाजभित्र नांगै भएर यात्रुले तमासा गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १०:५७

अमेरिकाको सिएटलबाट एंकोरेजका लागि उडेको एउटा जहाज पुनः एंकोरेज विमानस्थलमै फिर्ता हुन बाध्य भएको छ ।

मध्य आकाशमा उडिरहेको अलास्का एयरलाइन्सको जहाजभित्र एकजना यात्रुले नांगिएर तमासा गरेपछि जहाजलाई उडान भरेकै विमानस्थलमा फिर्ता गर्नुपरेको हो ।

समाचार अनुसार जहाजभित्र रहेको एकजना यात्रु जहाजको बाथरुममा छिरेर जिउका सबै कपडा फुकालेर तमासा गर्न थालेका थिए ।
एयर होस्टेजहरुले ती यात्रुलाई कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थाले । त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराइयो । पाइलटले उक्त घटनापछि जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एंकोरेज ल्याउनु नै छिटो हुने ठानी जहाज मोडे । रातको तीन बजे जहाज एंकोरेज विमानस्थलमा फिर्ता भएर अवतरण ग¥यो ।

जहाज अवतरण भएपछि पुलिसले जहाजभित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पाइलटले जहाजलाई पुनः सिएटल तर्फ उडाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?