Comments Add Comment

पोखरामा दोश्रो भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता हुने

२६ माघ, पोखरा । पोखरामा फागुनको पहिलो साता दोश्रो भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा यहि फागुन ३ गतेदेखि ५ गतेसम्म बतास ब्रदर्सको टिभिएस र आरटीआरको मुख्य प्रायोजनमा भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण हुने भएको हो । प्रतियोगितामा ४० वर्षदेखी माथिकाले मात्र खेल्न पाउने आयोजकले जनाएको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने शुक्रबार पोखरामा आयोजित्र पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा कास्कीबाट ४, काठमाडौंबाट ३, स्याङ्जा, तनहुँ, रुपन्देहीबाट १/१ टिमले सहभागिता जनाउने टुंगो लागिसकेको प्रतियोगिता संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए । अन्य टिमसँग छलफल चलिरहेकाले २/३ दिनमा टुंगो लाग्ने उनले बताए ।

उनका अनुसार कास्कीबाट कास्की जिल्ला बास्केटबल संघ, एक्स एविसी, पश्चिमाञ्चल क्षेत्रीय भू.पू.सैनिक खेलकुद संघ र पुन समाजले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५५ हजार ५ सय ५५ र उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ९ लाख ३० हजार लाग्ने अनुमान गरिएको संघले जनाएको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्न ८ हजार शुल्क तोकिएको छ भने टिमलाई खाने/बस्ने सबै सुविधा भने आयोजकले प्रदान गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले दिर्घकालिन योजना बनाएर प्रतियोगितालाई संस्करणात्मक रुपमा लैजान सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment