+
+

प्रदेश ७ को सभामुखमा थापा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते १७:०४

२७ माघ, कैलाली । प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् । थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।

६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?