+
+

एडीलेडको नेपाली पाठशालामा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते १८:५७

एडीलेड। दक्षिण अस्ट्रेलियामा स्थापित नेपाली पाठशालाको नेतृत्वमा नेपाली समुदायका नेता कपिल पाण्डे चयन भएका छन् । उनी यहाँको सरकारी विद्यालयका शिक्षक पनि हुन् ।

हालै भएको नेपाली पाठशाला दक्षिण अस्ट्रेलियाको साधारणसभाले उनको नेतृत्वमा दुर्इ वर्षका लागि ११ जनाको कार्य समिति चयन गरेको हो ।

नेपाली पाठशालाले यहाँ प्रत्येक आइतबार नेपाली भाषा तथा सस्कृति सम्बन्धी दुर्इ घन्टे स्कूल चलाउँदै आएको छ भने समुदायबीच अन्तरक्रिया गर्न ज्ञानगुन चौतारी संचालन गर्दै आएको छ ।

बिगत दश वर्ष देखि अनौपचारिक रुपमा सञ्चालन हुँदै आएपनि गत बर्ष देखि यो सस्थागत रुपमा दर्ता भएको छ ।  नयाँ कार्यसमितिमा उपध्यक्षमा सरोज खनाल, सचिवमा अंकुर उपाध्याय, कोषाध्यक्षमा युबक खकुरेल र सदस्यहहरुमा हरि बस्नेत, नबिन सागर शर्मा, उषा गुरुङ, गोबिन्द राना, जीवन सापकोटा, अनिता लम्साल तथा प्रमिल दाहाल छन्  ।

कार्यविभाजन अनुसार अनिता लम्साल पाठशालाको प्रिन्सिपल तथा कपिल पाण्डेले ज्ञानगुन चौतारी को संयोजन गर्ने छन् ।  हाल झन्डै २० जना नेपाली बालबालिकाहरु यो पाठशालामा पढ्छन्।

अनलाइन खबर पाण्डेले भने, ‘आगामी दुइ बर्षमा यहाँको नेपाली समुदायबीच सामाजिक गतिबिधि मा हामि सहभागी हुनेछौ र बाल बालिका लाइ नेपाली भाषा र सस्कृति को शिक्षा दिनेछौ ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?