+
+
Shares

‘पञ्चेबाँजा’को बियोगान्त गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २८ गते ११:०९


चलचित्र ‘पञ्चेबाँजा’मा समावेश ‘म केहि बोलुँ’ बोलको गीत रिलिज भएको छ । यो वियोगान्त गीत हो । राहुल विश्वासको स्वर, कालिप्रसाद बाँस्कोटाको संगीत, सविन एकतारेको शब्द यो गीतमा छ । यो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र फागूण ११ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ‘पञ्चेबाँजा’ले मित्रता, प्रेम र धोकाको कथालाई उठान गरेको छ । नेपाली चलचित्र क्षेत्रमा लामिछाने मौलिक कथालाई उठान गर्ने निर्देशकको रुपमा चिनिन्छन् । सौगात मल्ल, कर्माको उपस्थितीले पनि चलचित्रको व्यापारमा फरक पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?