२८ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा नेपाल र यूएईबीचको खेल खराब मौसमका कारण ढिलाइ भएको छ ।
आइतबार दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल खराब मौसमका कारण ढिलाइ भएको हो ।
नामिबियाको विन्डहोकमा मैदान ओसिलो भएका कारण खेल सुरु हुन नसकेको हो । खेल सञ्चालन हुने वा नहुने टुंगो नलागेकाले टस पनि गरिएको छैन ।
अब केही बेर पछि खेल सञ्चालन गर्न सक्ने वा नसक्ने टुंगो लगाउने छन् । डिभिजन टू मा नेपालले यसअघि भएका दुई खेलमा नामिबियालाई पराजित गरेको थियो भने ओमानसँग हार ब्यहोरेको थियो ।
प्रतिक्रिया 4