Comments Add Comment

जनता बैंक लेकसाइडमा

२८ माघ, पोखरा । जनता बैंकले पोखराको लेकसाइडमा बिहीबार शाखा खोलेको छ । जुन, बैंकको ९३ औं शाखा हो ।

सोही दिन कैलालीको अत्तरियामा पनि उक्त बैंकले शाखा खोलेको छ ।

लेकसाइड शाखाको उद्घाटन पोखरा महानगरका मेयर मानबहादुर जीसी र बैंकका सञ्चालक रामबहादुर भण्डारीले गरे । कार्यक्रममा मेयर जीसी, सञ्चालक भण्डारी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग वाणिज्य संघ सदस्य यदुनाथ अधिकारी, पोखरा पर्यटन परिषद् उपाध्यक्ष भरतराज पराजुली र पोखरा-६ का वडाध्यक्ष जगतबहादुर पहरीले शुभकामना दिए ।

शहरी र ग्रामीण भेगमा गरी बैंकले ९४ वटा शाखा सञ्चालनमा ल्याएको छ । २६ ठाउँबाट शाखारहित बैंकिङ, तीन वटा सीमित बैंकिङ एकाइ, तीन एक्सटेन्सन काउन्टर र ६७ एटीएमबाट पाँच लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ ।

आव ०७३/७४ को नाफाबाट १४ दशमलव चार प्रतिशत बोनस सेयर वितरणसँगै चुक्तापुँजी आठ अर्ब सात लाख रुपैयाँ पुगेको कम्पनी सचिव विश्व सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment