Comments Add Comment

काठमाडौंमा २ दिन घाम नलाग्ने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना


२९ माघ, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागकाे  मौसम धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नगाल्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने प्रक्षेपण गरेको छ ।

मौसमविद् वरुण पौडेलले काठमाडौंमा २ दिन घाम नलाग्ने सम्भावना रहेकाे जानकारी दिँदै मंगलबार बेलुकातिर मात्रै माैसममा सुधार अाउने सम्भावना रहेकाे बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्छ ।

‘उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ’, मौसमविद् पौडेलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment