Comments Add Comment

फस्र्ट माइक्रोको फागुन १८ बाट हकप्रद


२९ माघ, काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले फागुन १८ गतेबाट हकप्रद सेयर जारी गर्दैछ ।
कम्पनीले माघ ८ गतेसम्म सेयर कारोबारमा सहभागि भएर स्वामित्व कायम भएका लगानीकर्ताहरुले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

कम्पनीको हकप्रद चैत २३ गतेसम्म बिक्री खुला हुने भएको छ । हकप्रद जारी पछि कम्पनीको पुँजी ६८ करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल र कम्पनीको कार्यालय तथा शाखाका साथै आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment