Comments Add Comment

२ करोडले घट्यो चिलिमे जलविद्युतको नाफा


२९ माघ, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको नाफा २ करोडले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको सोही त्रैमासिकमा नाफा घटेको हो ।

कम्पनीको बिद्युत् बिक्रीबाट हुने आम्दानी घटेपछि नाफामा प्रभाव परेको हो । गत आवको पुससम्ममा ६१ करोड रुपैयाँ कमाएको कम्पनीको आम्दानी घटेर ५७ करोड रुपैयाँमा सिमित भएको हो । कम्पनीको अधिक उत्पादन बिक्री हुन नसकेकोले आम्दानी घटेको उल्लेख छ ।

कम्पनीले ब्याज आम्दानीबाट २ करोड ४८ लाख कमाएको छ । कम्पनीको प्रशासनिक खर्च, ह्रास कट्टी खर्च र कर्मचारीलाई बोनस प्रावधान घटाएको छ ।

कम्पनी खुद चालु सम्पत्ती ९० करोड रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात बढेको छ । प्रतिसेयर कुल सम्पत्तीको मूल्य र प्रतिसेयर नेटवर्थ घटेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ दशमलव ४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment