Comments Add Comment

विश्व वन्यजन्तु कोषको नेपाल प्रतिनिधिमा डा. गुरुङ छानिए

२९ माघ,काठमाडौं । विश्व वन्य जन्तु कोष (डब्लुडब्लुएफ) को नेपाल प्रतिनिधिमा डा. घनश्याम गुरुङ छनोट भएका छन् ।

यसअघिका प्रतिनिधि अनिल मानन्धरको पदावधि सकिएपछि वासिङटन डिसीस्थित कोषको अन्तर्राष्ट्रिय कार्यालयले छनोट समिति गठन गरी दरखास्त आह्वान गरेको थियो ।

कोषको नेपाल प्रतिनिधि बन्न नेपाल सरकारका उच्च अधिकारीदेखि अवकाशप्राप्त कर्मचारी र विज्ञहरुले आवेदन दिएका थिए ।

छनोट समितिले प्रतिस्पर्धीमध्येबाट डा. गुरुङलाई छनोट गरेको हो । गुरुङ कोषमै निर्देशक पदमा कार्यरत थिए ।

डा. गुरुङले पदभार ग्रहण गरेलगत्तै कोषको रजत जयन्ती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरेर आफ्नो कार्यभार आरम्भ गरेका छन् । संरक्षणविद गुरुङ मुस्ताङका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment