+
+
Shares

निर्वाचन परिणाम बुझाउनासाथ देउवाको राजीनामा

आयोग पदाधिकारी भन्छन्- राष्ट्रपतिसँग समय मागिसकेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते ९:४३

२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । तर, उनको राजीनामा निर्वाचन आयोगमा निर्भर रहने छ ।

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएमा बुधबारै राजीनामा दिने देउवाको तयारी छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले राष्ट्रपति समक्ष परिणाम बुझाउनासाथ प्रधानमन्त्रीको राजीनामा आउँछ ।’

‘निर्वाचन सम्पन्न गर्ने दायित्व पूरा गरिसकेकाले प्रधानमन्त्री ज्यू अब एक मिनेट पनि पदमा रहनुहुन्न,’ पौडेलले भने, ‘तर पहिले निर्वाचन आयोगले परिणाम बुझाउनुपर्‍यो ।’

के छ निर्वाचन आयोगको तयारी ?

निर्वाचन आयोगले पनि बुधबार कार्यालय समयभित्रै निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

तर, दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयको आज अन्तिम दिन हो । त्यसैले आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ ।

कांग्रेस, माओवादी र राजपाले यसअघि बुझाएको सूचीमा प्राथमिकता क्रम नमिलेपछि सच्याएर पुनः बुझाउन आयोगले बुधबार पाँच बजेसम्मको समय दिएको छ । राजपाले मंगलबारै संशोधित नामावली बुझाए पनि कांग्रेस र माओवादीले बुझाउन बाँकी छ ।

निर्वाचन आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘हामी दुई दलको नामावली पर्खिरहेका छौं । उनीहरुले जति छिटो नाम बुझाउँछन्, त्यति नै छिटो राष्ट्रपतिसमक्ष पेस गर्छौं । त्यसका लागि समय पनि मागिसकेका छौं ।’

उनले अघि भने, ‘एक-दुईवटा नाम मात्र संशोधन गर्नुपर्ने छ, अरु त सबै रेडी पारेर बसेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?