Comments Add Comment

नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।

एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् ।

जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ ।

फ्रेस पिचमा खेलाइने आजको खेलमा जसले टस जिते पनि पहिला फिल्डिङ रोज्ने सम्भावना छ । नेपालले टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।

विपक्षीलाई सस्तो योगफलमा समेट्ने र ब्याट्म्यानहरुले बिस्तारै रन बटुल्दै लक्ष्यसम्म पुग्ने नेपालको स्टाइल हो ।

पारस र सन्दिपमा सबैको नजर

यो प्रतियोगितामा नेपालको बलिङ युवा बलर सन्दिप लामिछानेले धानिरहेका छन् । उनले अहिलेसम्म ४ खेलमा १४ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेटटेकर बनेका छन् । आजको म्याचमा पनि उनीमाथि सबैको नजर हुनेछ । विपक्षी ब्याट्सम्यानहरु सन्दिपविरुद्ध सचेत भएर खेल्नेछन् ।

प्रतियोगितामा नेपालको ब्याटिङ राम्ररी चल्न सकेको छैन । तर, पछिल्ला दुई म्याचमा कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले, जसले टिमको मनोबल बढेको छ । साथै केन्यासितको अघिल्लो म्याचमा दुई युवा खेलाडी आरिफ सेख र रोहितकुमार पौडेलले परिपक्व ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्‍याएका थिए ।

उनीहरुको प्रदर्शनले नेपालको ब्याटिङको गहिराई बढाएको छ । नेपाल बिग थ्री (पारस, ज्ञानेन्द्र र शरद) मा मात्रै निर्भर छैन भन्ने सन्देश दिएको छ ।

ज्ञानेन्द्रको र करणको खराब फर्म

नेपाली ब्याटिङका एक खम्बा ज्ञानेन्द्र मल्ल यो प्रतियोगितामा चल्न सकेका छैनन् । उनले चार म्याचमा कुल ३६ रन मात्र जोडेका छन् । उनको खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ ।

अघिल्लो म्याचमा उनले विकेटकिपरको भूमिका पनि निभाएका थिए, तर दुई क्याच छोड्न पुगे । उनलाई फेरि विकेट किपिङ गर्न लगाउने कि दिलिप नाथलाई फर्काउने भन्ने प्रश्न नेपाली टोलीसामू छ ।

अर्कोतर्फ फास्ट बलर करण केसी पनि पूर्णरुपमा फ्लप भएका छन् । स्वीङ र बाउन्स भएको पिचमा पनि उनी न विकेट लिइरहेका छन् न रन रोक्न सक्षम छन् । क्यानाडाविरुद्धको निणर्ायक म्याचमा उनलाई अन्तिम मौका दिने कि नदिने भनेर प्रशिक्षक तथा कप्तानको टाउको दुखिरहेको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment