Comments Add Comment

नेपाली चलचित्र “कृ” मा सामसङ मोबाइल


२ फागुन, काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलेा स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको सामसङ, हालै सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल केसीद्वारा अभिनित नेपाली चलचित्र “कृ”मा ब्राण्ड समन्वय भएको छ ।

“कृ” चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लस प्रयोग अनमोल के.सीले गरेको देखाइएको । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ । हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ ।

स्मार्टफोनको समुहमा यो फोनले विशेष भूमिका लेखेलेको देखिन्छ । यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबर्धन गर्न सकिने कुरामा सामसङ विश्वस्त रहेको छ ।

“चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । “कृ” चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल केसीसँग सम्बन्धित हुन पाउँदा हषिर्त छौ” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment