Comments Add Comment

मानेको ह्याट्रिकसँगै लिभरपुल विजयी


३ फागुन, काठमाडौं । साडियो मानेको ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा एफसी पोर्टोमाथि सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई ५–० गोल अन्तरले हराएको हो ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २५ औं मिनेटमा मानेको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै मोमम्मह सलाहले गोल गरे ।

तीन गोल भने दोस्रो हाफमा भयो ।

एकपक्षीय खेलको ५३ औं मिनेटमा मानेले गोलगरे भने ६९ औं मिनेटमा फिर्मिनोले गोल गरे । निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी छँदा मानेले ह्याट्रिक पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment