+
+
Shares

प्रदेश २ को विपक्षी दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १२:२२
फाइल फोटो

३ फागुन, जनकपुरधाम । प्रदेशसभा २ को विपक्षी दलको नेतामा एमालेका सत्यनारायण मण्डल निर्वाचित भएकाा छन् ।

बिहीबार जनकपुरधाममा पार्टी कार्यालयमा नेता चयनका लागि भएको निर्वाचनमा सत्रुघन महतोलाई पराजित गर्दै मण्डल निर्वाचित भएका हुन् ।

प्रदेश २ मा एमालेका २१ सा‌ंसदमध्ये मण्डलको पक्षमा १२ मत परेको थियो भने महतोको पक्षमा ८ मतमात्रै परेको थियो । १ मत भने बदर भएको थियो ।

मण्डल प्रदेशसभा निर्वाचनमा सप्तरी १ को कबाट निर्वाचित भएका थिए ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले बहुमत जुटाएर सरकार निर्माण गरेपछि त्यसपछिको ठूलो दल एमाले प्रमुख विपक्षी दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?