Comments Add Comment

सिन्धुपाल्चोकको चौतारामा आगलागी हुँदा ९० लाख बराबरको क्षति


५ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गएराति आगलागी हुँदा झण्डै ९० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको दमकलद्वारा राति नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

आगलागीबाट विद्युतीय सामग्री, फर्निचर कम्प्युटरलगायत नष्ट भएको छ । त्यहाँ कार्यरत चौकीदारले विद्युत् प्रवाह भएर आगलागी भएको बताए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment