Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको खैरेनीमा

७ फागुन, काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा देवदह नगरपालिका ५, खैरेनी, रुपन्देही मा खुलेको छ ।  शाखाको एक समारोहका बीच देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उद्घाटन गरे ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

खैरेनी शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चँाडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment