Comments Add Comment

भारतीय गायक अमित पल पोखरा आउने

७ फागुन, पोखरा । पोखराको एक रेस्टुरेन्टले स्थापनाको एक बर्ष पूरा भएको अवसरमा भारतीय गायक अमित पललाई नेपाल ल्याउने भएको छ ।

इन्डियन आइडलको तेस्रो संस्करणको उपविजेता अमित पलले लेकसाइड स्थित डुङ्गा रेस्ट्रो एण्ड लाउन्ज बारमा आफ्नो गीत प्रस्तुत गर्नेछन् ।

रेस्टुरेन्टमा आउने ग्राहकलाई मध्यनजरमा राखी फागुन १० गते देखि १२ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा अमित पलसंगै मुक्ति एण्ड रिभाइवल, दि एक्स ब्याण्ड, इनˆलेम, मिलन एण्ड प|mेन्स र थुप्रै कलाकारले मनोरञ्जन दिने कुरा रेस्टुरेन्टका प्रबन्ध निर्देशक राजेश गुरुङले बताए ।

निशुल्क प्रवेशको व्यवस्था रहेको उक्त कार्यक्रममा ग्राहकले संगीत मात्र नभई स्वस्थकर खानाको समेत स्वाद लिन पाउने कुरा गरुङले बताए ।

स्थापना कालदेखि विभिन्न सामाजिक कामसमेत गर्दै आएको उक्त रेस्टुरेन्टले ग्राहकले तिरेको प्रत्येक बिलबाट १००/१०० रुपैयाँ जम्मा गरेर कोष बनाएको छ । उक्त कोषमा जम्मा भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनमा प्रदान गर्ने गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment