+

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

२०७४ फागुन  ८ गते १७:४१ २०७४ फागुन ८ गते १७:४१
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

८ फागुन, धनगढी । धनगढीमा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पूरा भएको छ ।

कैलाली जिल्ला खेलकुद विकास समितिले मगलबार पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो । पहिलो पटक धनगढीमा हुने प्रतियोगिता फागुन १३ गतेसम्म सञ्चालन हुने छ ।

राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा साविकका पाँच वटै विकास क्षेत्र तथा एउटा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) गरी छ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान प्रतियोगिताको उद्घाटन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नेछन् ।

उद्घाटन खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चल भिड्नेछन । सहभागी ६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पाउनेछन् ।

प्रतियोगिताको बिजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

त्यस्तै, वमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगिताको लागि सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा झण्डै साढे ३८ लाख खर्च हुने अनुमान गरिएको छ ।

क्रिकेट प्रधानमन्त्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय