+
+
Shares

पोखरामा बम बिस्फोट गराउने विप्लवका ३ कार्यकर्ता पक्राउ

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन ९ गते १७:४७


९ फागुन, पोखरा । मंगलबार पोखरामा बिस्फोट गराउनमा संलग्नको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका २५ बस्ने खड्कबहादुर राईलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको थियो ।

नेकपाका वडा नं ३१ जनसरकार प्रमुख जगन भन्ने नन्दप्रसाद तिवारी र वडा नं १८ बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघका जिल्ला अध्यक्ष पुष्प कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेकपाले बन्द आहृवान गरेको दिन मंगलबार चाउथे, नागढुंगा, छोरेपाटन र मुख्य मन्त्रीको कार्यालय पार्दी लगायतको ठाउँमा बम राख्नमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

बिजयपुरको खोलानेरको बम बिस्फोट हुँदा पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका थिए ।

तीमध्ये ३ ठाउँको बम नेपाली सेनाको टोलीको डिस्पोज गरेको थियो । बम विस्फोटमा घाइते पाण्डेले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई विस्फोटक पदार्थको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?