Comments Add Comment

के बिहेको तयारी गर्दैछन् आयुष्मान र प्रियंका ?

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी प्रेम दिवसको केहि दिन अगाडि मात्र कम्बोडिया पुगे । कम्बोडियामा होलिडे मनाउन आफूहरु गएको प्रियंकाले अनलाइनखबरलाई नै बताएकी थिइन् ।

बलिउडमा धेरै प्रेम जोडी यसरि होलिडे मनाउन विदेश पुगेपनि नेपाली कलाकारमा यस्तो शैली देखिएको थिएन । बिहे अगावै प्रेम जोडी होलिडे मनाउन भन्दै विदेशी भूमिमा खुलेयाम पुगेको सायद यो विरलै घटना थियो ।

पि्रयंका र आयुष्मान विदेशमा रमाउँदै गर्दा चलचित्र बजारमा उनीहरु इन्गेजमेन्टको तयारीका लागि त्यहाँ पुगेको चर्चा समेत चलेको थियो । बलिउडका केहि जोडीले सुटुक्क विदेशमा पुगेर इन्गेजमेन्ट वा बिहे गरेको खबर सार्वजनिक भएपनि नेपालमा कमै मात्र यस्ता खबर सुनिएका छन् ।

के पि्रयंका र आयुष्मान पनि बिहेको तयारीमा छन् त ? नायिका प्रियंका कार्कीले अनलाइनखबरसँग भनिन्-‘हामी अहिले त्यस्तो कुनै तयारीमा छैनौं । इन्गेजमेन्ट र बिहेको कुनै सोच नै छैन ।’

उनले समय आएपछि आफै यो बिषयमा घोषणा गर्ने समेत बताएकी छिन् । त्यसका लागि अझै केहि समय लाग्ने पि्रयंकाको भनाई छ ।

प्रेममा रमाएको यो जोडीले इन्गेजमेन्ट र बिहेको घोषणा कहिले गर्ला त ? प्रतिक्षा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment