Comments Add Comment

फागुन ११ बाट अनिवार्य सी–आस्वा, सेयर बाँडफाँट चाँडो हुने


१० फागुन, काठमाडौं । धितोपत्र बोर्डले सी–आस्वा लगाउन एक महिना थप्न दिएको निर्देशन पुरा भएसँगै यो व्यवस्था भालीबाट अनिवार्य लागु हुने भएको छ । सी आस्वा भन्नाले सेयरमा लगानी गर्ने रकम बैंक खातामा नै रोक्का रहने प्रणालीको केन्द्रीकृत रुप हो ।

यसअघि कार्यानवयनमा आएको आस्वा प्रणालीभन्दा यो केही हदमा मात्रै फरक रहेको छ । आस्वा प्रणाली अध्यासमा आएपछि ग्राहकहरुले बैंकमार्फत आस्वा दर्ता नम्बर पाएपछि घरबाटै इन्टरनेटको सहयोगमा आवेदन दिन सक्थे । हाल सी आस्वामा भने यसले लगानीकर्ताहरुलाई मात्र नभई बिक्री प्रबन्धक, बैंक लगायतलाई पनि सहयोग पुग्ने भएको हो ।

यसअघि बिक्री प्रबन्धकलगायतले आवेदन प्राप्तिपछि कतिपय काम म्यानुअल्ली नै गर्नुपर्ने अवस्था थियो । अब भने यो प्रणालीमा आधारित हुनेछ । लगानीकर्ताले बैंकबाट सीआरएन नम्बर (सी–आस्वा दर्ता नम्बर) लिएपछि घरबाटै इन्टरनेट मार्फत सेयरमा आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीले सी आस्वा मार्फत आवेदन दिन सहज बनाउदै मेरो सेयर अनलाइन सुविधा पनि दिएको छ । सी आस्वापछि सेयर बाँडफाँट प्रक्रिया भने अहिलेभन्दा छिटो हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment