Comments Add Comment

नेपाल आयो युरोपियन फिचर्सले सुसज्जित ‘टाटा नेक्सन’


११ फागुन, काठमाडौं । टाटाले आफ्नो बहुप्रतिक्षित ‘नेक्सन’ कारलाई नेपाली बजारमा उतारेको छ । योसँगै कम्पनीले कम्प्याक्ट एययूभी सेगमेन्टमा पनि नेपाली बजारमा प्रतिस्पर्धा थालेको छ ।

भारतमा नेक्सन ‘एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८’मा वर्षकै उत्कृष्ट ‘सव-कम्प्याक्ट एसयूभी’ घोषित भइसकेको छ । त्यहाँ झण्डै २० हजार कार बेचेपछि नेक्सन नेपाली ग्राहकको लागि पनि उपलब्ध भएको छ ।

नेक्सनलाई सिप्रदी ट्रेडिङका प्रमुख सिद्धार्थ समशेर राणा र टाटा मोटर्सका पेसेन्जर भेहिकल सेगमेन्टमा बिजनेश हेड सुजन रोयले संयुक्त रुपमा सार्वजनिक गरे ।

यस वर्ष टाटा मोटर्सको सबैभन्दा महत्वपूर्ण प्रक्षेपण हो, नेक्सन । भारतमै निर्माण गरिएको सव-४ मिटर एसयूभी स्पेस क्षेत्रमा लन्च भएको पहिलो मोडेल पनि हो ।

टाटा मोटर्स्को आफ्नै प्रभावशाली डिजाइन दर्शनमा आधारित चाैंथो उत्पादन हो, टाटा नेक्सन । यसलाई टाटा मोटर्सले २१ सेप्टेम्बर २०१७ मा भारतीयमा लन्च गरेको थियो ।

भारतमा चर्चा बटुल्दै गर्दा नेक्सन नेपाली उपभोक्तामाझ आइपुगेको छ । त्यसैले कम्पनी पेसेन्जर भेहिकल सेगमेन्टमा नेपालमा नयाँ उचाइ दिन यो कारको भूमिका महत्वपूर्ण हुने विश्वासमा छ ।

प्रतिस्पर्धी मूल्य


नेक्सन निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको छ । लन्च अगावै १८० वटा नेक्सन बुक भएकाले वितरक सिप्रदी ट्रेडिङ पनि यो कारले बजारमा प्रभाव छाड्नेमा विश्वस्त छ ।

नेक्सनको पेट्रोल भर्सनको न्युनतम् मूल्य ३२ लाख ७५ हजार र अधिकतम् मूल्य ४० लाख ५५ हजार रुपैयाँ छ ।  त्यसैगरी डिजेल भर्सनको न्युनतम् मूल्य ४१ लाख ५५ हजार अधिकतम् मूल्य ५५ हजार रुपैयाँ तोकिएको छ ।

पेट्रोल भर्सनमा ४ भेरियन्ट र डिजेलमा ३ वटा भेरियन्ट छन् । नेक्सन भरमोन्ट रेड, मोरोकान ब्ल्यु, सिटल सिल्भर, ग्लासगो ग्रे, क्यालगेरी हुवाइट रंगमा उपलब्ध छ ।

यसले सुजुकीको भिटार ब्रेजा, फोर्डको इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नेछ ।

दमदार लुक्स


टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।

डुअल कलर विकल्पमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय ह्वील महत्वपूर्ण विशेषताका रुपमा छन् ।

नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । त्यसैले यो एउटा कम्प्िलट कम्प्याक्ट एसयूभी भएको दावी वितरक सिप्रदी ट्रेडिङको छ । यसमा स्टाइलिस प्रोजेक्टर हेडल्याम्प छ । डुअल टोन रुफ कलर पनि छ ।

फेलाइन-आई शेप्ड डे-टाइम रनिङ लाइट पनि लगाइएको छ । यसमा हनी कम्ब गि्रल र फग ल्याम्प पनि छ । यसको फ्रन्ट लुक निकै युनिक देखिन्छ ।

त्यसैले नेक्सनलाई ‘लेभल नेक्स एसयूभी’ गाडीका रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ ।

यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय हृवील र फ्लेयर्ड हृवील आर्चेजले यसलाई स्पोर्टी र पि्रमियम लुक्स दिएको छ ।

कारको पछाडिको क्रिस्टल क्लियर एलईडी टेल लाइट, बम्परमा ब्ल्याक प्लाष्टिक क्लेडिङ लगाइएको छ । जसले कारलाई दमदार देखाएको छ ।

अब्बल इन्टेरियर


टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि निकै कम्पनीले निकै मिहिनेत गरेको छ । उत्कृष्ट फिनिससहितको उच्चस्तरीय इन्टेरियरका साथै पि्रमियम लुक्सको ड्यासबोर्डले कारलाई थप आकर्षक बनाएको छ ।

नेक्सनमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ मोड सिस्टम पनि मजबुत पाटा हुन् । यसको इन्टेरियर अन्यको भन्दा अलग पनि छ ।

नेक्सनमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५ इन्चको फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ । कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो ।

यो टच स्त्रिmन इन्फोटेन्मेन्ट सिस्टम हार्मोन कम्पनीको हो । जुन, यो सेगमेन्टमा सायदै उपलब्ध होला ।

योसँगै ८ वटा स्पिकर जोडिएको छ । यो सिस्टममा स्मार्टफोन कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो र नेभिगेसनका सुविधा पनि छ । यसमा टिगोरमा जस्तै इन्स्ट्रुमेन्ट कन्सोल पनि छ । यसमा छाता राख्ने विशेष स्पेश पनि छ ।

समग्रमा नेक्सनको इन्टेरियरलाई अब्बल फिनिस सहितको भन्न मिल्छ ।

आरामदायी नेक्सन

कम्र्फटका मामिलामा गाडी निकै अब्बल छ । यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ ।

यसमा ड्राइभर सिट हाइट एड्जस्टमेन्ट, फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पनि छन् ।

त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेस छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ ।

यसमा स्मार्ट कि र पुस बटन स्टार्टको सुविधा छ । योकार ३९९४ मिलीमिटर लामो, १८११ मिलिमिटर चौैडा र १६०७ मिलिमिटर अग्लो छ । यसको ह्वील बेस २४९८ मिलिमिटर र टर्निङ सर्कल ५.१ मिटरको भएकाले यसको ह्याण्डलिङ पनि सजिलो छ ।

यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् ।

युएसबी चार्जर, रेयर पावर आउटलेट, पावर विन्डो लगायतका विशेषताबाट पनि यो सजिएको छ ।

सुरक्षाको ग्यारेन्टी

सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट भएको दावी कम्पनीको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ ।

किलेस इन्ट्रीको सुविधा पनि नेक्सनमा छ । फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका फिचर पनि छन् ।


उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।

त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।

शक्तिशाली कार

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।


सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेन्सन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त छ ।

त्यसैले कम्पनीले नेक्सन नेपाली ग्राहकका लागि नयाँ र भरपर्दो विकल्पका रुपमा आएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment