+
+
Shares

नवलपरासीमा बस र ट्रक ठोक्किदा ३० घाइते, तीन जना गम्भीर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ फागुन ११ गते १३:४१

११ फागुन, बुटवल । नवलपरासीमा भारतीय ट्रक र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ३० जना घाइते भएका छन् । घाइते मध्ये तीन जना गम्भीर छन् ।

सुनवल नगरपालिका-१२ हरकट्टामा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

काठमाडौंबाट बुटवल आउँदै गरेको लु२ख १६०५ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बिपरीत दिशाबाट गुडिरहेको यु.पी.८३ ए.टी.३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल र जेनस अस्पिटलमा उपचार भइहरेको छ ।

अन्य समान्य घाइतेहरुको सामुदायिक अस्पताल भुमहिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

दुर्घटनामा परेका दुईवटै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि केहिबेर पूर्बपश्चिम महेन्द्रराजमार्ग अबरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?