+
+

प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते २०:४३
फाइल फोटो

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आइतबार अपराहृन रौतहटबाट फर्किए लगतै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच वान टु वान वार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भोलि सरकार विस्तार गर्ने योजना छ । तर, एमाले र माओवादीले मन्त्री छान्न सकेको छैनन् ।

मन्त्री छनोटका लागि माओवादी केन्द्रले भोलि विहान बैठक शीर्ष नेताहरुको बोलाएको छ ।

उपप्रधानमन्त्री नराख्दा गृह कसलाई दिने भन्नेमा अन्यौल छ । रामबहादुर थापा बादलसँगै वर्षमान पुन अनन्त र जनादर्न शर्मा प्रभाकरले पनि गृहमन्त्री दाबी गरेका छन् ।

एमालेले पनि मन्त्री छान्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ । तर, कोको मन्त्री बन्ने तय भएको छैन । यद्यपि ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाल, प्रेम आले, पद्मा अर्याल लगायतको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?