+
+

फोरम सरकारमा आए उपेन्द्र यादव परराष्ट्रमन्त्री !

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १०:००

१४ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास कायमै राखेका छन् । सोमबार विहान पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको छ ।

त्यसअघि प्रचण्डले संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा सम्वाद गरेका थिए ।

स्रोतका अनुसार ओली नेतत्वको सरकारमा सहभागी हुन फोरम पनि सकारात्मक छ । तर, फोरमले संविधान संशोधनको मुद्दालाई कुनै न कुनै रुपमा सम्बोधन होस् भन्ने चाहेको छ ।

हालै भएको वार्तामा फोरमले संविधान संंशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने प्रस्ताव राखेको थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरमलाई एक मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरिएको छ ।

फोरम अध्यक्ष यादव आए परराष्ट्रमन्त्री बनाउन पनि प्रधानमन्त्री र प्रचण्ड सहमत छन् । यादव ०६५ मा प्रचण्ड नेतत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए ।

फोरमले भने थप मन्त्रालय खोजेको छ ।

फोरम सरकारमा सहभागी भएन भने एमाले सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?