Comments Add Comment

यूएईले नेपाललाई दियो १७२ रनको लक्ष्य


१५ फागुन, काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा यूएईले नेपाललाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसले पछिल्लो २ ओभरमा मात्र ५ विकेट गुमायो । २९ औं ओभरमा करण केसी एक्लैले तीन विकेट लिएका थिए ।

उसका अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाए ।

नेपालका ललित सिंह भण्डरी एक्लैले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे । ललित नारायण राजवंशीले २ विकेट लिँदा पारस खड्काले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment