Comments Add Comment

नेपाली नयाँ वर्षमा पोखरामा ‘फुड कार्निभल’

१५ फागुन, पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘फुड कार्निभल’ हुने भएको छ । चैत ३० गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बृहत कार्निभल हुन लागेको हो ।

नेपाली नयाँ वर्षलाई संस्कार र संस्कृतिसँग आधुनिक पुस्तालाई जोड्ने गरी कार्यक्रम गर्न लागेको आयोजक आई ब्लुज म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ ।

विभिन्न खानाका परिकार, जातीय तथा विभिन्न पेशाका पोशाकमा पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने अवसरको रोमान्टिक थलो बनाउन कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।

थापाकाअनुसार विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित ड्रेस कोड  (डाक्टर, पाइलट, पुलिस, आर्मी, नर्स, एयरहोस्टेस, खेलाडी पोशाक, एन्जलको रुपमा, जनावरको पोशाक, कार्टुनको पोशाक, चौकीदारको पोशाक, रेड इन्डियन्स, सेन्टा क्लथ,जोकरको रुपमा, विभिन्न देशहरुको पोशाक) लगायतमा एकसाथ प्रदर्शन गरिने छ ।

विजेतालाई विदेश घुम्नेदेखि आइफोन र सपिङ

उत्कृष्ट पोशाक लगाउनेलाई आयोजकले पुरस्कार दिने घोषणा गरेको छ । ‘पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि अवसर प्रदान गरिने आयोजकले जानकारी दियो । निर्देशक थापाले भने, ‘उत्कृष्ट पोशाक लगाउनेलाई विदेश घुम्ने अवसर प्रदान गरिनेछ भने उत्कृष्ट दारी प्रर्दशन गर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरी आइफोन एट प्लस वा सामसुङ एट एज मोबाइल फोन उपहारसमेत प्रदान गरिने छ ।’

वेस्ट हेयर स्टाइलिस ५/५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ युनिक सलुनमा चाहेअनुसारको -मेनिक्युर, पेडिक्युर, हेयर कलरिङ, ड्रेडलक, फेसियल, स्ट्रेट, कर्ली, हेयर कट र मसाजमध्ये एक सेवा) उपलब्ध गराइने थापाले बताए ।

‘वेस्ट ड्रेस महिला मध्येबाट उत्कृष्ट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा १० हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ,’ उनले थपे, ‘कार्यक्रममा राष्ट्रियस्तरका डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउने छन् ।’

दुई चरणमा सम्पन्न हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धीरज थापाले बताए । पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ । दोस्रो चरणको साँझ ७ बजेदेखि सञ्चालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम डि्रङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।

१२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि जिल्ला बाहिरबाट आउने पाहुनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिक्स, प्रवेश पास, उच्चस्तरीय होटलमा एसी सुविधासहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको थापाले बताए । ‘बिहान बे्रकफास्टसहित फेवातालमा बोटिङको सुविधासमेत उपलब्ध गराइने उनले धीरजले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment