Comments Add Comment

एनआरएन अमेरिका र सिनेटर टेड क्रुजवीच टीपीएस सम्बन्धी वार्ता, सहयोगको आश्वासन

२८ फ्रेब्रुअरी, वाशिङ्गटन डीसी । अमेरिकी सरकारद्धारा नेपालीहरूलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस टीपीएस सुविधालाई नबिकरणका लागि पहल गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाले अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका टीपीएसधारी नेपालीहरूमा टीपीएस नविकरण नभएमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको थियो ।

छलफलका क्रममा अध्यक्ष डा। पौडेलले टीपीएस एक अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्नका लागि सिनेटर क्रुज समक्ष आग्रह गरेका छन् ।

टीपीएस नविकरणले अमेरिकामा रहेका ९ हजार बढी नेपाली परिवारहरूलाई सहयोग पुग्ने मात्र नभइ नेपाल राष्ट्रलाई समेत आर्थिक रूपमा सहयोग पुग्ने भएकाले नबिकरणका लागि आवश्यक पहल गर्न सिनेटर क्रुज समक्ष उनले आग्रह गरेका हुन् ।

छलफलका क्रममा सिनेटर क्रुजले भूकम्प पश्चात् नेपालको आर्थिक र नेपाली जनजीवनमा पर्न गएको प्रभावबारे आफू जानकार रहेको र टीपीएस नबिकरणका लागी आफ्नो तर्फबाट प्रयास हुने बताए ।

‘नेपालीहरूलाई परेको यो समस्याका बारेमा हामी सक्दो सहयोग गर्नेछौँ ।’ क्रुजले बैठकमा सहभागीहरूलाई भने ।

एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीको संयोजनमा भएको सो बैठकका सहभागीहरूले सिनेटर क्रुजको जुडिसिएल समितिसँग समेत भेट गरेका थिए ।

समितिको प्रतिनिधित्व गर्दै जुडिसियल काउन्सिल क्याथलिन हुंकरले एनआरएन प्रतिनिधि मंडलसँग भेटी विनाशकारी भूकम्पले नेपालमा परेको दीर्घकालीन प्रभाव र अमेरिकामा रहेका टीपीएसधारी नेपालीहरूका बारेमा जानकारी लिएका थिए ।

सिनेटर क्रुज र जुडिसियल समितिकी काउन्सिल क्याथलिन हुंकरसँग भएका दुवै बैठकमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका पदाधिकारीहरू, एनआरएनका विभिन्न च्याप्टरका प्रतिनिधिहरू, पत्रकारहरू तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

एनआरएन अमेरिकाका प्रवक्ता विनोद तिवारीले बैठक पश्चात एक विज्ञप्ति जारी गर्दै सिनेटर क्रुज र काउन्सिल हुङ्कर सँगको बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, कोषाध्यक्ष डा। प्रकाश अर्याल, मिडिया कोर्डिनेटर बाल जोशी, कार्यसमिति सदस्य आङ ङिमा शेर्पा तथा एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, उपाध्यक्ष विष्णु रानामगर र सदस्य बेगम पण्डितको सहभागिता रहेको जनाएका छन् ।

यसै गरी एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोबन्द सुबेदी, सामाजिक संस्था अधिकारकी प्रतिनिधि आकृति खनाल, टिपिएस अलाएन्सका प्रतिनिधि मार्केल हरनान्जेज, प्रवासी नेपाली मञ्चका टेक गुरुङ र रामेछाप शेर्पा समाजका देण्डी शेर्पाको समेत प्रतिनिधि मण्डलमा सहभागी थियो ।

नेपाल अमेरिका पत्रकार सङ्घका प्रतिनिधिहरू अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुनराज लुइटेल र संस्थाका सदस्य पत्रकार निधेश अधिकारी र अस्कार केसी समेत छलफलका क्रममा सहभागी रहेको प्रवक्ता तिवारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको टेक्सासबाट सिनेटर बनेका टेड क्रुज अमेरिकी सिनेटर भित्रका एक प्रभावशाली सिनेटर मानिन्छन् ।

रिपब्लिकन पार्टीभित्र पनि कन्जरभेटिभ समूहको प्रतिनिधित्व गर्ने सिनेटर क्रुज सन २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका एक सशक्त उम्मेदवार थिए ।

२०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदैछ । यो सुविधा नबिकरण नभए झन्डै ९ हजार भन्दा बढी नेपालीहरूले अमेरिका छोड्न बाध्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment