+
+

सिरियामाथि आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १५:००

१६ फागुन, वीरगञ्ज । सिरियामा भएको आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

आक्रमणमा मारिएका बालबालिका प्रति श्रद्धाञ्जली दिँदै यहाँका मुुस्लिम अगूवाहरुले प्रदर्शन र शान्तिको याचना गरेका हुन् ।

उनीहरुले विश्वभरीका मानव अधिकारवादी संस्थाहरुको भूूमिका प्रति समेत प्रश्न उठाएका छन् । घन्टाघरमा आयोजित सभामा मुस्लिम अगुवाहरु बाबुजान अली, महमद बसुरुद्दिन अन्सारी, लालबाबु शेख, नैमुद्दिन अन्सारी लगायतले सिरिया आक्रमण अबिलम्ब रोकिनुपर्नेमा जोड दिए ।

सो अवसरमा बालबालिकाहरुले प्लेे कार्ड सहित यु्द्ध बन्द गर्न र मानव अधिकारको रक्षा गर्न माग गरेका थिए ।

बालबालिकाहरुले बोकेको प्ले कार्डमा सिरिया माथिको बर्बर दमन बन्द गर, बमको व्यापार बन्द गर, मानवताका लागि आवाज उठाऔं, बालबालिकालाई बाँच्न देउ लगायतका नारा लेखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?