+
+
Shares

जेलमा रहेका सांसद चौधरीलाई सपथ गराउन राजपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १६:१८


१६ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली१ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ ।

पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् ।

आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदैछन् । सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको काम कारबाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो ।

जनताबाट निर्वाचित सांसद चौंधरीलाई सपथ लिने र संसदको काम कारबाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए ।

कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार पठाइएको छ । हाल उनी कारागारमा छन् । ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको हो । सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?