Comments Add Comment

राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा विकास उद्यमीको उद्यमी नेपाल पोर्टल सार्वजनिक

१६ फागुन,काठमाडौं । विकास उद्यमीले नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा उद्यमी नेपाल नामक पोर्टल सार्वजनिक गरेको छ। व्यवसायका हरेक चरणमा व्यवस्थापन र विकास गर्न सघाउने, दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरूसँग जोड्ने, विभिन्न घरेलु सेवाहरू व्यक्तिको घरदैलोसम्म पुर्याकउने र व्यवसायसम्बन्धी विभिन्न डाइरेक्ट्रीहरू भएको उक्त अनलाइन पोर्टलले सीप भएका कामदारहरूलाई अवसरहरूसम्म पुर्या‍उने पनि उदेश्य लिएको छ। कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्यमीनेपाल डटकम नाम दिइएको पोर्टलले व्यवसाय सुरु गर्न, बढाउन तथा व्यवस्थापन गर्न चाहिने सबै जानकारीहरू उपलब्ध गराएर युवाहरूलाई उद्यमी हुनको लागि प्रेरित गर्छ। यसले पोर्टल तथा सामाजिक सञ्जालको माध्यमबाट नेपाली माटो र अवस्था सुहाउँदो गुणस्तरिय लेखहरूमार्फत सूचनाहरू उपलब्ध गराउँछ। ती लेखहरूले व्यवसायको योजना कसरी बनाउने, त्यसको दर्ता लगायतको प्रक्रिया के हुन्छ, नियम तथा कार्यविधिहरू के छन्, व्यवस्थापन तथा वित्तीय योजना किन जरुरत पर्छ भन्ने जस्ता जानकारी दिन्छन्।

साथसाथै यो पोर्टलले प्राविधिक ज्ञान भएर पनि वेरोजगार तथा अर्ध बेरोजगार रहेका इलेक्ट्रिसियन, प्लम्बर, गार्डनेर जस्ता धेरै प्राविधिकहरूलाई सेवाग्राही सम्म पुर्यारएर रोजगारीको अवसरहरू पनि प्रदान गर्ने प्रयास गरेको छ। त्यसको लागि विकास उद्यमीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय तालिम परीक्षण बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर पनि गरेको छ । त्यसको लाभ उठाउँदै प्रयोगकर्ताहरूले सिटिइभिटी अन्तर्गत ट्रेनिङ डिभिजनमा प्राप्त हुने विभिन्न सीप विकासका अवसरहरूसम्म पहुँच विस्तार गर्न सक्नेछन्।

उक्त अवसर पारेर विकास उद्यमीले १५ जना सामाजिक उद्यमीहरूको अन्तर्वार्ता समेटिएको ई(बुक पनि सार्वजनिक गरेको छ। त्यहाँ समेटिएका कथाहरू मार्फत विकास उद्यमीले सामाजिक उद्यमशीलतामा लाग्न चाहने युवाहरूलाई प्रेरित गर्ने तथा उनीहरूले पछ्याउने रोल मोडल वा हिँड्ने बाटो तयार पार्दै नेपालको विकासमा योगदान पुर्यारउने उद्देश्य लिएको छ। उक्त किताब विद्यार्थीहरूमाझ अन्तर्क्रिया र प्यानल डिस्कसन कार्यक्रा आयोजना गरेर सार्वजनिक गरिएको थियो।

उक्त डिस्कसनमा सामाजिक उद्यमीहरूको लागि उपयुक्त वातावरण गराउनको लागि के गरिनुपर्छ भन्ने बारेमा छलफल भएको थियो। काठमाण्डौका विभिन्न कलेजहरूमा अध्ययन गर्ने ६० भन्दा धेरै विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए।

विकास उद्यमी युवाहरूद्वारा सञ्चालित एक सामाजिक व्यवसाय हो, जहाँ विभिन्न क्षेत्रबाट आएका युवाहरूले विकासलाई फरक तरिकाबाट गर्नको लागि उद्यमशिल सोचहरू साटासाट गर्छन्। यसले सामूहिक रूपमा समाजमा विद्यमान विभिन्न समस्याहरूको पहिचान गर्ने र त्यसलाई समाधान गर्ने नवीन तरिकाहरूको खोजी गर्दै नेपालको विकासलाई सघाउ पुर्या्उने उदेश्य लिएको छ।

यसले सबै नेपाली युवाहरूले देशको विकास सम्बन्धी डिस्कोर्स निर्माण गर्नको लागि नविक तथा स्मार्ट समाधानहरू खोजेर सकारात्मक परिवर्तनलाई प्रवाहीकरण गर्ने दुरदृष्टि लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment