+
+

चन्द्रमामा मोबाइल नेटवर्क, चल्ने भयो फोर जी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते १०:०३


विश्वका कैयन् भागमा अहिले पनि मोबाइल फोनको नेटवर्क उपलब्ध छैन । तर वैज्ञानिकहरु चाहिँ चन्द्रमामा मोबाइलको नेटवर्क पुर्याउन जुटेका छन् ।

आगामी वर्ष इतिहासमै पहिलोपटक चन्द्रमामा मोबाइल नेटवर्क उपलब्ध हुने भएको हो । यदि त्यसो भएमा चन्द्रमाबाट पृथ्वीमा हाइ डेफिनिसन भिडियो स्ट्रिमिंग सम्भव हुनेछ ।

भोडाफोन जर्मनी, नोकिया तथा अउडी कम्पनीले चन्द्रमामा मोबाइल नेटवर्क पुर्याउने छन् । कम्पनीहरुका अनुसार, चन्द्रमामा मानव पाइला पुगेको ५० वर्षपछि उनीहरुले चन्द्रमामा मोबाइल नेटवर्क पूर्याउने यस मिसनमा काम सुरु गरेका छन् ।

भोडाफोनका अनुसार यस कामका लागि नोकियालाई टेक्नोलोजी पार्टनरको रुपमा राखिएको छ र नोकियाले स्पेस ग्रेड नेटवर्कको विकास गर्नेछ । यसमा एक सानो हार्डवेयर तयार गरिनेछ जसको आकार एउटा सानो प्याकेट जत्रै हुनेछ ।

यस परियोजनामा बर्लिनस्थित पिटीसाइन्टिस्ट कम्पनीको पनि सहकार्य रहेको छ । भोडाफोनका अनुसार सन् २०१९ मा यस परियोजनाको सुरुवात हुनेछ । नासाको अन्तरीक्षयान प्रक्षेपण केन्द्रबाट उक्त मोबाइल नेटवर्कयुक्त हार्डवेयरलाई फाल्कन ९ रकेटमा राखेर प्रक्षेपण गरिनेछ ।

भोडाफोन जर्मनका कार्यकारी अधिकारीका अनुसार यस परियोजनामा मोबाइल नेटवर्क विकासको एक नयाँ अवधारणा अवलम्बन गरिएको छ । यसमा फोरजी नेटवर्कको प्रयोग गरिनेछ । फाइभ जी नेटवर्क अहिले पनि परीक्षणको अवस्थामा रहेको र यसले चन्द्रमाको सतहमा काम गर्ने नगर्ने यकिन नरहेको हुँदा फोरजी नेटवर्कको प्रयोग गरिने उनको भनाई छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?