Comments Add Comment

सुनकोशी गाउँपालिकाको नाम अब लिम्चुङबुङ

१७ फागुन, उदयपुर । सुनकोशी गाउँपालिका, उदयपुरको नाम परिवर्तन भएको छ । सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो गाउँपालिकाको नाम लिम्चुङबुङ निर्धारण होस् भन्दै पाँच महिनाअघि संघीय मामिला मन्त्रालयमा निवेदन दिएका थिए ।

हालै नाम परिवर्तनको स्वीकृति भएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

नेपालका धेरै स्थानमा सुनकोशी गाउँपालिका नाम भएका कारण पनि गाउँपालिकाको छुट्टै पहिचान सहितको नाम व्यवस्थापन गरिएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष रमिला राईका अनुसार लिम्चुङबुङ भनेको किराँती चामलिङ राई भाषामा सुनतारी फूलको नाम हो ।

सुनतारी फूलहरु स्थानीय क्षेत्रको बाँसबोटे, बराह, जाँते, बलाम्ता र ताम्लिछा क्षेत्रमा व्यापक पाइने एक प्रकारको लोकप्रिय वनस्पति सुनतारी फूलको क्षेत्र भएको कारण सोही फूलको पहिचानका लागि चामलिङ भाषाबाट गाउँपालिकाको नाम लिम्चुङबुङ राखिएको उपाध्यक्ष राईले बताइन् ।

स्थानीय राई जातिहरुको विवाहमा बाबुमाइती ढोगभेट गर्दा र छोरीचेलीले माइतीलाई ढोगभेट गर्दा उक्त फूल उपहार दिने गरेको र स्थानीय स्तरमा औषधिका लागि पनि सुनतारी फूल प्रयोग गरिने कारण लोकप्रिय भएको र यसैको नामबाट गाउँपालिकाको नाम निर्धारण भएको बलाम्ताका पूर्वगाविस अध्यक्ष वसन्तकुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment