Comments Add Comment

काठमाडौंको चुच्चेपाटीमा युवकको हत्या

सांकेतिक तस्वीर

१८ फागुन, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुम्विनी कलेज नजिकको गल्लीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको हो ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य विवादमा विवेकले गएराति पौने ९ बजेतिर छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।

कैलालीमा पनि होली खेल्ने क्रममा धारिलो हतियार प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment