Comments Add Comment

विष खुवाएर श्रीमानको हत्या, जलाउन लैजाँदा गाउँलेले समाते


१८ फागुन, बाँके । वीरगञ्जमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना सेलाउन नपाउँदै बाँकेमा श्रीमतीले विष पिलाएर श्रीमानको हत्या गरेको सार्वजनिक भएको छ ।

मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरेको भन्दै बाँकेको डुडुवागाउँपालिका–४, गडारियनपुरकी ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई विष पिलाएर हत्या गरेकी हुन् । अनुसन्धानका क्रममा उनले सेल्फास नामक विष सर्वतमा घोलेर खुवाएको खुलेको छ ।

बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।

घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । उनले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment