१८ फागुन, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सीटी सेन्टरबाट खसेर सुरक्षागार्डको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिमका २६ वर्षीय रविन भुजेल छन् ।
भुजेल मलमा कार्यरत् सुरक्षाकर्मी हुन् । शुक्रबार मलको चौथो तलबाट झलेर उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
बिहान ३ बजे मलबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको हो ।
भुजेलको आफन्तजनले भने उनको मृत्युप्रति आशंक व्यक्त गर्दै सत्यतथ्य, छानबिनको माग गरेका छन् ।
प्रहरीले थप अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4