+
+

‘पंचायत’ले के ‘झोला’को इतिहास दोहोर्‍याउला ?

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १०:५७


चलचित्र ‘पंचायत’ चैत्र २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको कथावस्तु वि.सं २०३३ सालतिरको हो । पञ्चायती शासनको उग्रसमयमा एउटा गाउँको रोचक कथालाई चलचित्रले पर्दामा उतारेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा यो चलचित्रले उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्ड पाएको थियो ।

यसले पनि चलचित्रको निर्माण कतिसम्म पावरफूल छ भन्ने संकेत गर्छ । सोही महोत्सवमा नीता ढुंगानाले यो चलचित्रबाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । चलचित्रका निर्माता सुशान्त श्रेष्ठ इतिहासलाई बर्तमानमा प्रस्तुत गर्न पाउँदा आफूहरु खुशी भएको बताउँछन् । सती प्रथाको कथामा बनेको चलचित्र ‘झोला’लाई दर्शकले दिएको मायाले पनि ‘पंचायत’ यूनिट धेरै आशावादी देखिएको छ ।

किनकी, यो चलचित्रले पनि यस्तै एउटा कथालाई उठान गरेको छ । चलचित्रका निर्देशक शिवम् अधिकारी अहिलेका दर्शकले आजभन्दा करिब ५० बर्ष पुरानो इतिहासलाई पर्दामा हेर्न पाउने बताउँछन् । चलचित्रमा सरोज खनाल, नीता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको भव्य पि्रमियर समेत आयोजना गर्ने तयार गिरिएको छ ।

एउटा गाउँको मुखियाको फैसाल सफा थियो या धमिलो, चलचित्रले यो कुरा बताउने यसको निर्माणपक्ष बताउँछ । नायिका नीता ढुंगानाले भनिन्-‘मैले चलचित्र ‘मसान’पछि सबैभन्दा बढी तारिफ पाएको चलचित्र नै ‘पंचायत’ हो । यो चलचित्रले मलाई विश्वकै उत्कृष्ट अवार्ड दिलायो, यसबाट पनि चलचित्रले कस्तो भाव बोकेको छ भन्ने थाहा हुन्छ ।’ चलचित्रका कार्यकारी निर्माता रंग पत्रकार रवि अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?