Comments Add Comment

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

२० फागुन, काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न अादेश दिएकाे सीअार्इबीका प्रमुख पुष्कर कार्कीले अनलाइनखबरलार्इ बताए ।

यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीअार्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो ।

प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए ।

उनले भनेका थिए, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन ।’

यो पनि पढ्नुस् 

खलनायक राजेन्द्र खड्गीः द्वन्द्व छाडेर मानव बेचविखनतिर ?

राजेन्द्र खड्गी मुछिएको मुद्दामा कोरिया प्रहरीले पनि अनुसन्धान थाल्यो

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment