+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते १९:००
फाइल फोटो

२५ माघ, काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा प्रहरीले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।

बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको सीआईबीको दाबी छ। एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?