Comments Add Comment

मिलन अमात्यलाई युरोपमा भ्याइनभ्याइ

लण्डन । गायिका ‘जलजला परियार’को सहयोगार्थ च्यारिटी कार्यक्रममा सहभागी भए लगत्तै अर्को दिन ‘शहीद स्मारक च्यारिटी कार्यक्रम’का लागि गायिका मिलन अमात्य युरोप टुरमा निस्केकी छिन् ।

युकेको टिडवर्थमा गत ३ मार्चमा सम्पन्न च्यारिटी साँझमा आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरेकी मिलनले दर्शकहरुलाई मनोरन्जन मात्रै दिईनन् आफू जस्तै अर्की गायिकालाई उपचार खर्च जुटाउन पनि सहयोग गरिन् ।

स्थानीय आयोजकहरुले आयोजना गरेको च्यारिटी कार्यक्रममा सहभागी हुन हालै परेको भारी हिमपातका कारण अबरुद्द सडकको पर्बाह नगरी ई-मिडिया हबको ब्याबस्थापनमा गायिका कार्यक्रम स्थल पुगेकी थिइन् ।

अचानक आइपरेको भारी हिमपातका कारण गायिकाको पूर्ब निर्धारित स्कटल्याण्ड र स्विजल्याण्डको भ्रमण कार्यक्रम रद्द भएपनि पनि बेल्जियमको ‘शहीद स्मारक सहयोग च्यारिटी कार्यक्रम’मा सहभागी भइन् ।

युरोपका अन्य मुलुकसहित फ्रान्सको पेरिस र बेल्जियम ब्रसेल्स घुम घामसँगै सामाजिक सहयोगका लागि च्यारिटी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएसँगै स्थल मार्ग हुँदै गायिका बेल्जियम पुगेकी थिइन् ।

सोमबार साँझ ‘शहीद स्मारक सहयोगार्थ’ आयोजना हुने साँगीतिक साँझमा गायिका मिलनले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

युरोप भ्रमण र कार्यक्रम सकेर युके फर्किएपछि पनि युकेका बिभिन्न स्थानहरुसहित १० मार्च शनिबार अक्स्फोर्डको लिट्ट्लमुर भिलेज हलमा गायिका मौसमी गुरुङसहित सांगीतिक प्रस्तुती दिन पुग्ने कार्यक्रम तय भएको छ ।

शनिबार दिउँसो १ः३० बजेदेखि साँझसम्म चल्ने उक्त कार्यक्रम ई-मिडिया हब युकेको आयोजनामा आयोजना हुने छ ।

युरोप र युकेका कार्यक्रम आयोजकहरुवाट अन्य कार्यक्रमको समेत प्रस्ताव आएपनि समय मिलाउन गार्‍हो परेको मिलनले बताइन् ।

‘नेपालमा रेकर्डिङका लागि कुरिरहेका गीतकार, सँगीतकार, निर्माताहरुको पनि काम गर्नु छ ।’ उनले भनिन् ।

युके आउनु अघि नै केही नयाँ प्रोजेक्टको कुरा भएकाले युके र युरोप बसाई छोटो पार्नु बाध्यता रहेको गायिकाको भनाइ छ ।

आउँदो समरमा पनि फेरि युके र युरोपमा कार्यक्रम र अन्य ब्यबसायिक कामका लागि आउनु नै पर्ने भएकाले अहिलेको यात्राको समय छोटो पारेर छिटो नेपाल फर्किएर त्यहाँ गर्नु पर्ने कार्यहरुमा समय दिन हतार बढेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment