+
+

डोनाल्ड ट्रम्पका मुख्य आर्थिक सल्लाहकारद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते ८:०२


२३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले पदबाट राजीनामा दिएका छन् ।

ट्रम्पका मुख्य अार्थिक सल्लाहकारमध्येका एक मानिने ग्यारी कोनले पदबाट राजीनामा दिएका हुन् । कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार मानिन्छन् ।

बीबीसीले कोनको राजीनामालाई ट्रम्पको समूहबाट एकपछि अर्का व्यक्तिहरु बाहिरिने क्रमको सिलसिला भएकाे जनाएकाे छ । यसअघि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिन पनि राजीनामा दिएर बाहिरिएका थिए ।

कोनको राजीनामाकाे कारण खुलेकाे छैन ।  फ्रि टेडका समर्थक कोन ट्रम्पको स्टिल र आल्मुनियमको आयातमा सीमा शुल्क लिने योजनाप्रति असन्तुष्ट रहेकाले यही कारण राजीनामा दिएकाे हुन सक्ने अनुमान गरिएकाे छ  । पछिल्लो समय यही कारण ट्रम्प र कोनबीच सुमधुर सम्बन्ध नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?