Comments Add Comment

पुनःनिर्माण प्राधिकरणको कार्यशाला गोष्ठी

 

२४ फागुन, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयआर्जन तथा जेसी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । स्थानीय तहका उपप्रमुखको जिम्मेवारी गौण भइरहेको अवस्थामा उनीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले बुधबार प्राधिकरणले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

स्थानीय तहमा महिलालाई सहभागी गराइए पनि जिम्मेवारीबोध गराउन प्राधिकरणले थालेको जीविकोपार्जनसम्बन्धी कार्यमा उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले कार्य थाल्नु उपयुक्त रहेको जिल्ला समन्वय समिति, काभ्रेकी उपाध्यक्ष मन्जु गौतमले बताए । “राज्यले महिलालाई राजनीतिमा लगाएर महिलाको सहभागिता त बढायो, तर जिम्मेवारी भने दिन सकेन,” गौतमले भने ।

पुनःनिर्माण प्राधिकरणले गर्ने कार्यमा सघाउन पुनःनिर्माण प्राधिकरण सधैँ तयार रहेको गौतमले बताउनुभयो । भौतिक पूर्वाधार मात्र नभई जीविकोपार्जन पनि भूकम्पपीडितका लागि महत्वपूर्ण विषय भएको प्राधिकरण काभ्रेका प्रमुख ध्रुव गैंडाले बताउनुभयो । “त्यसको समाधानका लागि स्थानीयस्तरमा कसरी सीप तथा पूर्वाधारको निर्माण गर्ने भन्ने उद्देश्यले तेह्र्रैवटा स्थानीय निकायका उपप्रमुखलाई गोष्ठीमा सहभागी गराइएको हो,” गैंडाले भने ।

आर्थिक विकास मात्र जीविकोपार्जनको आधार नभएको एनआरए जीविकोपार्जन, काभ्रेका कार्यकारी प्रमुख एलपी शर्माले बताए । “आजकल वैदेशिक रोजगारीका कारण धेरै आमाबाबु गाउँमा एक्लै जीवन बिताउन बाध्य भइरहेका छन्, त्यसले समाधान होइन झनै समस्या सिर्जना गरेको छ ।” शर्माले भने । वैदेशिक रोजगारीका कारण वृद्धवृद्धाको अवस्था झनै दयनीय भएको उनले बताए ।

गोष्ठीमा प्राधिकरणका सहसचिव नेत्र सुवेदीले लैंगिकता पुनःनिर्माण प्राधिकरणको प्रमुख एजेण्डाका रुपमा समेत रहेको बताए । प्राधिकरणले दलित, विपन्न र भूमिहीनको मागलाई सम्बोधन गर्न नीतिनिर्माणको चरणमा रहेको समेत जानकारी दिए ।

प्राधिकरणले जीविकोपार्जनसम्बन्धी नीति निर्माणका लागि काभ्रे जिल्लालाई छनोट गरेको हो । नीतिको निर्माणपछि त्यसको दायित्व विभिन्न गैरसरकारी संस्थालाई दिने निर्णयसमेत प्राधिकरणले गर्नेछ ।

साथै, नीतिको निर्माणपछि देशका सबै जिल्लामा त्यसलाई पारित गरी उपप्रमुखलाई त्यसको जिम्मेवारी समेत प्राधिकरणले दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment