Comments Add Comment

प्रदेश २ मा महिला हिंसा रोक्न कडा कानून बनाइने

२४ फागुन, जनकपुर । प्रदेश २ मा महिला हिंसा रोक्न कडा कानून बनाउने तयारी गरिएको छ ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसा रोक्न कडा कानून बनाउने तयारी गरेको जानकारी दिएका हुन् ।

विज्ञप्ति प्रकाशित गरी मुख्यमन्त्री राउतले प्रदेश सरकारले महिला हिंसा अन्त्य गर्नका लागि निकट भविष्यमै कडा कानून निर्माण गर्ने बताएका छन् ।

साथै विज्ञप्तिमा प्रदेश सरकारले महिलाहरुको समाजिक सुरक्षाको प्रत्याभूति र बालबालिकाको शिक्षाका लागि सरकारले विशेष प्याकेज ल्याउने समेत उल्लेख गरिएको छ । बशेष प्याकेज कार्यक्रमबारे भने खुलाइएको छैन ।

मुख्यमन्त्री राउतले बदलिदो परिस्थितिमा महिलाहरुले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै आगामी दिनमासमेत महिलाहरुको सशक्तिकरण, रोजगारी र शिक्षामा विशेष प्राथमिकता लगायतको क्षेत्रमा प्रदेश सरकार प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment