+
+

‘धडक’को सेटमा साडी लगाएकी जान्ह्वी, आमा श्रीदेवी जस्तै देखिइन्

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते १२:४९

आम श्रीदेवीको मृत्युको १३ दिनपछि जान्ह्वी कपुर आफ्नो लयमा फर्किएकी छिन् । हालै उनी फिल्म ‘धडक’को सेटमा देखिएकी हुन् । यहि फिल्मको छायांकनमा व्यस्त भएकाले जान्ह्वी आमासँग दुबई जान पाएकी थिइनन् । आफन्तको बिवाहमा सहभागी हुन आमा, बुवा बोनी कपुर, बहिनी खुसी चाहि दुबई गएका थिए । आमा श्रीदेवेकीको दुबईमा नै अप्रत्यासित मृत्यु भयो ।

अक्सर श्रीदेवीले बलिउड इभेन्टमा जान्ह्वीलाई डोहोर्‍याउथिन् । उनीहरु जहाँपनि साथसाथ देखिन्थे । जान्ह्वीको  करियरका निम्ति श्रीदेवीले नै बढी अह्राईखटाइ गर्थिन् । उनी जान्ह्वीको करियरका साथसाथै निजी जीवनप्रति पनि बढी नै सर्तक थिइन् ।

किनभने मस्त जवान छोरी ग्ल्यामर उद्योगामा प्रवेश गरिसकेकी थिइन् । बलिउड स्टार किड्सको लभ-रोमान्सको कुराले बेलाबखत ठूलै हंगामा मच्याउने भएकाले पनि श्रीदेवी आफ्नी छोरी जान्ह्वीको निगरानी गर्ने गर्थिन् ।

त्यसो त जान्ह्वीले बलिउडमा डेब्यु गर्ने चर्चा धेरै अघिदेखि नै थियो । तर, कुन फिल्मबाट गर्नेछ भन्ने टुंगो थिएन । आखिर उनले करण जौहरको फिल्म ‘धडक’बाट बलिउडमा प्रवेश गरिन् । उक्त फिल्ममा उनको अपोजिटमा छन्, ईशान खट्टर । इशान अभिनेता शाहिद कपुरका भाई पर्छन् । जान्ह्वी र ईशानबीचको सम्बन्धलाई लिएर पनि बेलाबखत बलिउड तातिने गर्छ ।

श्रीदेवीको मृत्युसँगै छायांकन रोकिएको फिल्मले पुन गति लिएको छ । हालैमात्र जान्ह्वी काममा फर्किएकी छिन् । उनी फिल्म ‘धडक’को सेटमा साडी लगाएको अवस्थामा देखिएकी थिइन् । साडीमा जान्ह्वीलाई आमा श्रीदेवी जस्तै देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?