Comments Add Comment

नेपालले टस जितेर ब्याटिङ रोज्यो, दिलिपनाथ र शरद टीममा परेनन्

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले टस जितेको छ र अफगानिस्तानविरुद्ध ब्याटिङ रोजेको छ ।

आज नेपाली टोलीमा दिलिप नाथको ठाउामा अनिलुकमार साह आएका छन् । यस्तै शरद भेषावकर पनि टिममा छैनन् । उनको स्थानमा करण केसीलाई ल्याइएको छ ।

खेलअघि बसन्त रेग्मीले अफगानिस्तानले पछिल्लो केही वर्षमा राम्रो क्रिकेट खेलेको तर, आफूहरु उनीहरुलाई दबावमा राख्ने रणनीति अनुसार मैदानमा उत्रिएको बताए ।
विश्वकप छनोटमा अफगानिस्तानले लगातार तीन खेल गुमाएको छ ।

अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना कायम राख्ने आज जित्ने पर्ने दबाव छ ।

नेपालले पनि लगातार दुई खेल गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment